Kathmandu Press

कोशी प्रदेशका करिब ९ लाख बालबालिकालाई दादुरा–रुबेला खोप

दुई चरणमा गरी बालबालिकाहरुलाई दादुरा–रुबेलाको खोप लगाइने जानकारी निर्देशनलयले दिएको छ।
कोशी प्रदेशका करिब ९ लाख बालबालिकालाई दादुरा–रुबेला खोप

माेरङ, फागुन १२ : कोशी प्रदेश १४ वटै जिल्लामा गरी करिब ९ लाखजना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले पत्रकार सम्मेलन गरी फागुन १३ गतेदेखि खोप अभियान सञ्चालन हुने जनाएको छ।

दुई चरणमा गरी बालबालिकाहरुलाई दादुरा–रुबेलाको खोप लगाइने जानकारी निर्देशनलयले दिएको छ।

त्यस क्रममा कोशी प्रदेशको १४ वटै जिल्लाका ८ लाख ९३ हजार ९ सय ३४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले बताए।

स्वास्थ्य निर्देशनालयका खोप अधिकृत उदेश श्रेष्ठले पहिलो र दोस्रो चरण गरी चैत ७ गतेसम्म ८ हजार ३ सय ६४ खोप केन्द्र मार्फत् खोप लगाउने अभियान सञ्चालन हुने बताए।

प्रकाशित मिति: ०७:३९ बजे, शनिबार, फागुन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्