Kathmandu Press

स्काउटको कोशी प्रदेश आयुक्तमा भण्डारी

नेपाल स्काउट नियमावली–२०७७ बमोजिम प्रदेश परिषदमा निर्वाचित सदस्यमध्ये एक जनालाई प्रदेश आयुक्तमा मनोनयन गर्ने कानुनी व्यवस्था छ।
स्काउटको कोशी प्रदेश आयुक्तमा भण्डारी

मोरङ, फागुन १२ : नेपाल स्काउट कोशी प्रदेशको आयुक्तमा धरानका हेमन्त भण्डारी नियुक्त भएका छन्।

नेपाल स्काउट कोशी प्रदेश एवं सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले भण्डारीलाई प्रदेश आयुक्तमा नियुक्त गरेका हुन्।

नेपाल स्काउट नियमावली–२०७७ बमोजिम प्रदेश परिषदमा निर्वाचित सदस्यमध्ये एक जनालाई प्रदेश आयुक्तमा मनोनयन गर्ने कानुनी व्यवस्था छ।

प्रदेश आयुक्तका रुपमा उनको कार्यकाल चार वर्षको हुनेछ । भण्डारीले स्काउटको विकास र विस्तार गर्दै प्रदेशवासी युवा तथा बालबालिकाहरुको हितमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

२०६४ सालमा सुनसरी क्र्युमा रोभर तहमा प्रवेश गरी स्काउट क्षेत्रमा सक्रिय भण्डारी २०७१ सालमा तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रको युवा परिषदको अध्यक्ष बनेका थिए।

प्रकाशित मिति: ०७:२३ बजे, शनिबार, फागुन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्