Kathmandu Press

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन समन्वय आवश्यक : मुख्यमन्त्री यादव

मुख्यमन्त्री यादवले श्रम तथा रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी न राख्ने प्रतिबद्धता व्यक्त गरे।
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन समन्वय आवश्यक : मुख्यमन्त्री यादव

धनुषा, फागुन १२ : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको सरकारबिच समन्वय आवश्यक रहेको बताएका छन्।

श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले जनकपुरधाममा आयोजना गरेको महिला, बालबालिका तथा सामाजिक न्याय समिति मधेश प्रदेश सभासँगको बहुपक्षीय कार्यशाला गोष्ठीमा मुख्यमन्त्री यादवले मुलुकको कुल ग्राह्स्थ उत्पादनमा करिब २३ प्रतिशत योगदान दिने वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित बनाउने दायित्वबाट कोहि पनि पन्छिन नपाउने उल्लेख गरे।

Hardik ivf

वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन मधेश प्रदेश सरकारले समाजिक विकास मन्त्रालयबाट छुट्याएर श्रम तथा यातायात मन्त्रालय स्थापना गरेको स्मरण गराउँदै मुख्यमन्त्री यादवले श्रम तथा रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी न राख्ने प्रतिबद्धता व्यक्त गरे।

सीपविहीनताका कारण वैदेशिक रोजगारीमा ठूलो समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले वैदेशिक रोजगारीमा जानेहरुलाई सीप प्रती आकर्षित गर्ने कार्यक्रम ल्याउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन समेत दिए।

ग्रामीण क्षेत्रबाट दैनिक मजदुरीका लागि सदरमुकाम आउने श्रमिकहरुको आवासको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले ८ वटै जिल्लाको सदरमुकाममा श्रमिक भवन निर्माणका लागि बजेट व्यवस्थापन भइसकेको र सम्बन्धित स्थानिय तहहरुसंग समन्वय भइरहेको जानकारी समेत गराए।

 

प्रकाशित मिति: ०७:१० बजे, शनिबार, फागुन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्