केपी ओली कपमा आयोजकले चर्च बोइजलाई हरायो
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा केपी ओली क्लबले ए डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडलाई ३–०ले हरायो।
काठमाडाैं, फागुन ११ : आजबाट सुरु भएको दोस्रो संस्करणको केपी ओली कप नकआउट फुटबल प्रतियोगितामा आयोजक टिम विजयी भएको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा केपी ओली क्लबले ए डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडलाई ३–०ले हरायो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जय गुरुङले २ तथा फोडो फोफानाले १ गोल गरे।
५८औं मिनेटमा रोहन कार्कीको पासमा फोफानाले गोल गर्दै आयोजक टिमलाई अग्रता दिलाए। जयले ६८औं मिनेटमा फोफानाको पासमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। ८०औं मिनेटमा जयले नै गोल गरेपछि आयोजक टिम ३–०ले विजयी भयो।
१० टिम सहभागी प्रतियोगितामा शनिबार न्युरोट टिम (एनआरटी) र थ्री स्टार क्लब भीड्ने छन्।
प्रकाशित मिति: १९:४९ बजे, शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1776510445.jpg)
-1755950009.png)



-1776510445.jpg)
-1755950009.png)




