महासमितिका प्रस्तावमाथि केन्द्रीय समितिले निर्णय गर्छ : विश्वकर्मा
महासमितिको बैठकको निर्णय परिमार्जनसहित केन्द्रीय समितिले पारित गर्ने गर्ने बताउँदै विश्वकर्माले आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारे समेत केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताए।
काठमाडौं, फागुन ११ : नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्तावमा उल्लेख गरेको चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताएको छ।
महासमिति बैठकका निष्कर्ष सुनाउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसको प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले महामन्त्री थापाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रस्तावको भाषामा केही त्रुटि भएको भन्दै शिर्ष नेताहरुमा एकरुपता ल्याउने सहमति अनुरुप महासमिति बैठकमा पारित भएको प्रस्तावबारे केन्द्रीय समितिले निर्णय गर्ने बताए।
‘विशिष्ट परिस्थितिमा गठन भएको गठबन्धन पाँच बर्षको शर्तको साथ बनाएको हो। त्यसलाई थप इमान्दार हुँदै निरन्तरता दिने भन्ने महासमितिको दस्तावेजमा छ,’ उनले भने, ‘महामन्त्रीले नै बैठकमा विभिन्न नेता कार्यकर्ताका राय सुन्नुभयो । उहाँकै सहभागितामा महासमितिले निष्कर्ष निकालेको छ। दस्तावेजमै गठबन्धलाई निरन्तरता दिने भन्ने छ।’
महासमितिको बैठकको निर्णय परिमार्जनसहित केन्द्रीय समितिले पारित गर्ने गर्ने बताउँदै विश्वकर्माले आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारे समेत केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताए।
आफ्ना, अरुका विचार र धारणाहरु संयोजन गर्दै पार्टीलाई एक ढिक्का भएर लग्नेमा नेताहरुबिच सहमति भएको विश्वकर्माले बताए।
एक हजार तीन सय ७१ जनाले महासमितिको बैठकमा सहभागिता रहेको भन्दै सबैको सुझाव लिएर जनतामा आशा जगाउने गरि प्रस्तावहरु परिमार्जनसहित पारित गर्ने उनको भनाइ थियो।









![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)


-1783061799.jpg)