Kathmandu Press

नापी सर्वेक्षक यादवसहित पाँच जनाविरुद्ध घुस मुद्दा

अख्तियारका अनुसार दुई लाख ५० हजार रुपियाँ रकममध्ये एक लाख ५० हजार रुपियाँ यादवले बिचौलिया विनोद अधिकारीमार्फत लिएका थिए।
नापी सर्वेक्षक यादवसहित पाँच जनाविरुद्ध घुस मुद्दा

काठमाडौं, फागुन ११ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित पाँच जनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सेवाग्राहीसँग जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाए बापत दुई लाख ५० हजार रुपियाँ घुस रकम लिएको दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

Hardik ivf

अख्तियारका अनुसार दुई लाख ५० हजार रुपियाँ रकममध्ये एक लाख ५० हजार रुपियाँ यादवले बिचौलिया विनोद अधिकारीमार्फत लिएका थिए।

यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरबाट जग्गाधनी पुर्जा बनाएबापत नायब सुब्बा प्रदीप पौडेललाई दिन एक लाख रुपियाँ रकम माग गरेको समेत अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

अभियोगपत्रमा मुख्य कसुरदार विचौलिया विनोद अधिकारीविरुद्ध एक लाख ५० हजार र पौडेलविरुद्ध एक लाख रुपियाँ कायम गरिएको छ।

घुस लनदेनमा लेखापढी व्यवसायी आशिषराज बस्नेत र दिनेश बन्जारा समेत संलग्न रहेको बताउदै जनही एक लाख रुपियाँ बिगो कायम गरिएको छ। नापी सर्वेक्षक यादवसहित पाँचैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गरिएको छ ।

 

प्रकाशित मिति: १८:३० बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्