Kathmandu Press

नाउपाका अध्यक्ष चौधरीको सदस्यतामा निर्वाचन आयोगको प्रश्न 

आयोगले पत्रमा नाउपाको विधानअनुसार उक्त पार्टीको पदाधिकारी हुन कम्तिमा एक कार्यकाल केन्द्रीय समितिमा रहेको हुनुपर्ने व्यवस्थाबारे स्मरण समेत गराएको छ।
नाउपाका अध्यक्ष चौधरीको सदस्यतामा निर्वाचन आयोगको प्रश्न 

काठमाडौं, फागुन ११ : निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रेशम चौधरीको सदस्यतामा प्रश्न उठाउँदै जानकारी मागेको छ।

गत माघ २९ गते नाउपाले चौधरी पार्टी अध्यक्ष भएको बताउँदै दलको विवरण अध्यावधिक गर्न दिएको निवेदनमाथि निर्वाचन आयोगले प्रश्न उठाएको हो। आयोगले सात दिनभित्र पत्रको जवाफ पठाउन भनेको छ। शुक्रबार पत्र पठाउँदै चौधरीले पार्टी सदस्यता लिएको मितिबारे प्रश्न उठाएको छ।

Hardik ivf

आयोगले पत्रमा नाउपाको विधानअनुसार उक्त पार्टीको पदाधिकारी हुन कम्तिमा एक कार्यकाल केन्द्रीय समितिमा रहेको हुनुपर्ने व्यवस्थाबारे स्मरण समेत गराएको छ। ‘निज केन्द्रीय समितिमा कहिले र कुन कार्यकाल केन्द्रीय कमिटीमा रहेका थिए ? सो विवरण खुल्ने कागजात के छन ? त्यसका आधार र कारण के के रहेका छन ?’ आयोगले पत्रमा भनेको छ। यस्तै आयोगले नाउपाको गत असोज १३ गतेको केन्द्रीय समितिको बैठकको निर्णयले चौधरीलाई महाधिवेशन आयोजक समितिको संयोजक बनाउने गरी गरेको निर्णय विधान सम्मत रहे नरहेको बिषयमा पनि जवाफ मागेको छ। 

यस्तै चौधरीले कर्तव्य ज्यान समेतको कसुरमा जन्मकैदको सजाय पाई कसुरदार ठहरिइ अदालतबाट सजाय पाएको हो वा होइन ?’ भन्दै आयोगले सदस्यता प्रदान गर्न मिल्ने नमिल्ने बिषयको आधार र कारण पनि माग गरेको छ। राष्ट्रपतिबाट सजायको माफीविरुद्ध अदालतमा मुद्दा परेको छ वा छैन ? मुद्दा परेको छ भने कुन अवस्थामा रहेको छ? भन्ने प्रश्न पनि आयोगले सोधेको छ। 
 

प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्