Kathmandu Press

नवनियुक्त उपकुलपति बरालले गरे पदभार ग्रहण

नवनियुक्त उपकुलपति बरालले गरे पदभार ग्रहण

काठमाडौं, फागुन ११ : त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले पदभार ग्रहण गरेका छन्। कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर आज उनले पदभार ग्रहण गरेका हुन्।

बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालबाट उपकुलपतिमा नियुक्त उनले नियुक्तिपत्र आज बुझेका हुन्।

Hardik ivf

निमित्त उपकुलपति शिवलाल भुसालले उनलाई पदभार ग्रहण गराए। कार्यक्रममा रेक्टर, रजिस्ट्रार, डिनलगायत पदाधिकारी, प्राध्यापक, कर्मचारीकाे सहभागिता थियाे।

शिक्षा मन्त्री एवम् सहकुलपति अशोक कुमार राईको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिस अनुसार बराल उपकुलपति नियुक्त भएका हुन्। बराल व्यवस्थापन संकायअन्तर्गतको वित्त विषयका प्राध्यापक हुन्।

प्रकाशित मिति: १७:२६ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्