Kathmandu Press

प्रसूति गृहबाट शिशु चोरी भएकाे भन्दै उजुरी

काभ्रेकी एक जना महिलाले आफ्नो शिशु चोरी भएको भन्दै उजुरी दिएकी हुन्।
प्रसूति गृहबाट शिशु चोरी भएकाे भन्दै उजुरी

काठमाडौं, फागुन ११ : थापाथलीस्थित प्रसूति गृहबाट २६ दिनको शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ ।

काभ्रेकी एक जना महिलाले आफ्नो शिशु चोरी भएको भन्दै उजुरी दिएकी हुन्।

Hardik ivf

प्रारम्भिक जाँचमा एक जना महिलाले केहीबेर खेलाउने भनेर बोकेर शिशु गायब पारेको पाइएको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो।

सीसी टिभीको फुटेज हेरेर अनुसन्धान थालेको र शिशुको खोजी भइरहेको प्रहरीकाे भनाइ छ।

प्रकाशित मिति: १७:१४ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्