Kathmandu Press

सबैलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा छिटै पारित हुन्छ : प्रधानमन्त्री

'जनयुद्ध'का सहिदहरुलाई राज्यबाट दिइने सेवा सुविधालगायतका सबै विषय विधेयकमा समेटिएको भन्दै प्रचण्डले सवैको न्यायोचित सम्मान हुने धारणा राखे।
सबैलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा छिटै पारित हुन्छ : प्रधानमन्त्री

काठमाडाैं, फागुन ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई न्याय हुने गरि सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा छिटै पारित हुने बताएका छन्।

२३औं मजदुर बलिदान दिवसका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उपसमिति र समिति हुँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको र पीडितलाई न्यायहुने गरि कानूनको टुङ्गो लाग्ने बताएका हुन्।

Hardik ivf

'जनयुद्ध'का सहिदहरुलाई राज्यबाट दिइने सेवा सुविधालगायतका सबै विषय विधेयकमा समेटिएको भन्दै प्रचण्डले सवैको न्यायोचित सम्मान हुने धारणा राखे।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएपछि सवैले गरेको बलिदानको उच्च मूल्याङ्कन हुने उनले बताए। प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी कुरा टुङ्गीएपछि जनयुद्ध दिवसको विदा हुने विश्वास व्यक्त गरे।

उनले मजदुरहरु आन्दोलित नभएको भए मुलुकको परिवर्तन असम्भव रहेकाले मजदुर बलियानी दिवसको निकै महत्व रहेको बताए। 

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्