Kathmandu Press

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको छ : मन्त्री यादव

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त समस्या समाधानका निम्ति वन मन्त्रालय र ऊर्जा मन्त्रालयसँग पनि छलफल गरिएको बताए।
खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको छ : मन्त्री यादव
Hardik ivf

काठमाडौँ, फागुन ११ : खानेपानीमन्त्री महिन्द्रराय यादवले तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त समस्या समाधानका निम्ति वन मन्त्रालय र ऊर्जा मन्त्रालयसँग पनि छलफल गरिएको बताए।
 
मन्त्री यादवले दीर्घकालीनरुपमा समस्या समाधानका लागि तराई–मधेसमा रहेका अधुरा खानेपानी ट्याङ्क निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गरिएको बताए।

'मधेस–प्रदेशमा हाल देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एक मात्र विकल्प प्राकृतिक पुनर्भरणका रुपमा रहेको चुरे क्षेत्र हो । चुरे संरक्षण नै यसको दिगो समाधान हो,' उनले भने।

प्रकाशित मिति: १७:०१ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्