Kathmandu Press

महासमिति बैठकमा महिला केन्द्रित नीतिमा छलफल नभएको गुनासो

उनीहरुले महासमितिले स्पष्ट पार्न नसकेको विषयमा केन्द्रीय समितिको बैठकमा प्रमुख एजेण्डाको साथ उठाइने पनि बताए। परिवर्तित सन्दर्भमा स्पष्ट महिला नीति बनाएर जानुपर्ने आवश्यकता समेत महिला नेत्रीले औंल्याएका छन्।
महासमिति बैठकमा महिला केन्द्रित नीतिमा छलफल नभएको गुनासो

काठमाडौं, फागुन ११ : कांग्रेस नेतृहरुले गोदावरी महासमिति बैठकमा महिला केन्द्रित नीतिबारे छलफल हुन नसकेको गुनासो राखेका छन्। 

महासमिति बैठक समापन भएको भोलीपल्ट काठमाडौंमा भएको एक भेलामा महिला नेत्रीहरुले यस्तो गुनासो गरेका हुन्। उनीहरुले महासमितिले स्पष्ट पार्न नसकेको विषयमा केन्द्रीय समितिको बैठकमा प्रमुख एजेण्डाको साथ उठाइने पनि बताए। परिवर्तित सन्दर्भमा स्पष्ट महिला नीति बनाएर जानुपर्ने आवश्यकता समेत महिला नेत्रीले औंल्याएका छन्।

Hardik ivf

कांग्रेस नेत्री डा.आरजु राणा देउवाले महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेर जानुपर्ने धारणा राखिन्। नेतृ राणाको भनाई थिया, ‘निर्वाचन प्रणालीको बारेमा भइरहेको बहसमा समानुपातिक र समावेशी निर्वाचन प्रणाली हटाउन खोजिए महिला दलित र पछाडि पारिएको क्षेत्र पछाडि नै रहने छ।’ राणाले वडा तहदेखि पार्टीको केन्द्रीय संरचनासम्म ३३ प्रतिशत अनिवार्य गराउन दबाब बढाइनुपर्ने आवस्यकता समेत औंल्याइन्। 

नेतृ पुष्पा भुसालले महिलाको सामाजिक न्याय, आर्थिक, राजनीतिक रुपान्तरण जस्ता विषयमा महिला नीतिलाई स्पष्ट दृष्टिकोण हुनुपर्ने धारणा राखिन्। कांग्रेसले महिला सम्बन्धी विषयवस्तु, सामाजिक न्यायका कुरामा, सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका विषयमा महिला नीतिलाई स्पष्ट रुपमा आफ्नो दृष्टिकोण बनाउनुपर्छ भन्ने माग राखे पनि महासमिति वैठकमा संभव नभएको भनाई भुसालको थियो। ‘महिलाको परिवर्तनका मुद्दाहरुलाई, राजनीतिक विषयलाई महिला नीति भनेर नै समावेश गर्नुपर्ने भए पनि हुन सकेन,’ भुसालले भनिन्। 

अर्की नेतृ कान्तिका सेजुवालले पनि महासमिति वैठकमा प्रस्तुत प्रतिवेदनमा महिला, दलित, पछाडि पारिएका वर्गहरुका हितका लागि संविधानमा सुनिश्चित भएका र पार्टीको विधानमा सुनिश्चित भएका कुराहरु समेटिए पनि महिलाका लागि थप ऊर्जाशिल हुने कार्यक्रम नीति आउन नसकेको बताइन्। सर्वसहमतिले पारित भएको कुरालाई फेरि परिमार्जित गरेर केन्द्रिय कमिटीले मूर्त रुप दिनुपर्ने धारणा नेतृ सेजुवालको छ। 

नेतृ सरस्वती अर्यालले महिलाको अधिकार सुनिश्चितताका लागि चुनाव लड्ने कुरामा एउटा क्षेत्र तोकिनुपर्ने र महिला महिलाबिचमा लड्ने क्षेत्र तयार गर्नुपर्ने धारणा राखिन्। अर्की नेतृ रंगमति शाहीले पनि महिलाका अधिकार सुनिश्चित गर्न छुट्टै महिला नीति बनाएर अघि बढ्नुपर्ने आवाज उठे नीति बनेर नआएको भन्दै दुःख व्यक्त गरिन्। नेतृ विष्णु परियारले कांग्रेस सुकिलामुकिला, धनाढ्यको पार्टी बन्दै गएको गुनासो गर्दै महिलालाई समान अधिकारका लागि पहुँच नभएसम्म कांग्रेस सही बाटोमा नजाने बताइन्। 
 

प्रकाशित मिति: १६:५७ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्