Kathmandu Press

सत्तापक्ष-प्रतिपक्ष सबै संयमित हुनुपर्नेमा कांग्रेस प्रमुख सचेतक लेखककाे जाेड

लेखकले संसद बैठकमा हुने गरेका गतिविधिले बैठक प्रत्यक्ष हेर्न आउने व्यक्तिहरूको मनोविज्ञानमा प्रभाव पर्ने भन्दै चिन्ता व्यक्त गरे।
सत्तापक्ष-प्रतिपक्ष सबै संयमित हुनुपर्नेमा कांग्रेस प्रमुख सचेतक लेखककाे जाेड

काठमाडाैं, फागुन  ११ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तापक्ष-प्रतिपक्ष सबै संयमित हुनुपर्नेमा जाेड दिएका छन्।

प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रोपटकको बैठकमा विशेष समय लिएर बोलेका लेखकले प्रतिपक्षले आलोचना गर्यो भनेर सत्तापक्ष आतंकित हुन नहुने धारणा राखे। कसैले पनि मलाई हेर्दै नहेर, हेरे पनि जोडले सास नफेर भन्ने ढंगले जान नहुने लेखककाे भनाइ थियाे।

Hardik ivf

संसद्मा कुनै पनि अवरोध नगरी संयमता र धैर्यताका साथ प्रस्तुत हुन प्रतिपक्षी दलहरुलाई आग्रह गरे।

‘प्रतिपक्ष ठूलो छ, प्रमुख प्रतिपक्ष हिजो सरकारमा बसेको, आज पनि गभर्मेन्ट इन वेटिङ हो। झन्डैकाे सरकारका बारेमा साथीहरुको पनि केही धारणा हुन सक्छ,’ उनले भने, ‘त्यो धारणाको अभिव्यक्ति भयो भन्दैमा प्रतिपक्ष पनि आतंकित हुनुपर्ने देख्दिनँ।’

संसदमा हुने आरोप-प्रत्यारोप र घोचपेचलाई सदनमा स्वfभाविक रुपमा लिएर जानुपर्ने उनले बताए। अधिवशेनबाट धेरै विधेयक पारित गर्नुपर्ने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियाे।

लेखकले संसद बैठकमा हुने गरेका गतिविधिले बैठक प्रत्यक्ष हेर्न आउने व्यक्तिहरूको मनोविज्ञानमा प्रभाव पर्ने भन्दै चिन्ता व्यक्त गरे।  

‘हामी देश र जनताका बारेमा कति स्वस्थ छलफल गरिराखेका छौं कति राम्रा कानुन बनाउँदै छौं। देश र जनतालाई के दिँदैछौं र कसरी दिँदैछौं र हाम्रा अभ्यासहरू कस्तो हुँदैछ भनेर उत्सुकतापूर्वक उहाँहरू हेर्न आउनुभएको हो,’ उनले भने, ‘हाम्रो तीन चार घन्टाको गतिविधिपछि ती आएका भाइबहिनीमध्ये भोलिका दिनमा सांसद भएर कसैलाई आउन मन थियो भने अरू सबै ठाउँमा जाँदा यो ठाउँमा आउनुहुँदो रहेनछ भनेर उहाँहरू फर्केर जानुहोला भन्ने बडो डर लागेको छ।’

प्रकाशित मिति: १६:५२ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्