Kathmandu Press

एमालेले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई तीन दिनकाे समय

संसदलाई छलेर भाग्दै हिँडे नाकमा नत्थी लगाएर तान्ने भन्दै उनले त्यस्तो परिस्थितिको सिर्जना हुन नदिन प्रमुख प्रतिपक्ष र प्रतिपक्षीहरुलाई नपुर्याउन चेतावनी दिए।
एमालेले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई तीन दिनकाे समय

काठमाडौं, फागुन ११ : प्रमुख प्रतिपक्षी एमालेले आफूहरुले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई तीन दिन समय दिएको छ।

प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रोपटकको बैठकमा विशेष समय लिएर बोलेका एमाले सचेतक महेश बर्तौलाले फागुन ६ को बैठकदेखि प्रतिपक्षी दलहरुले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरे। विपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको संसद पछि सञ्चालन भएकाे थियो। बर्तौलाले संसदको आगामी बैठकमा मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्रीलाई आग्रह गरे। 

Hardik ivf

विपक्षी दलहरुले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ भने एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको पनि राजीनामा मागेको छ।

संसदलाई छलेर भाग्दै हिँडे नाकमा नत्थी लगाएर तान्ने भन्दै उनले त्यस्तो परिस्थितिको सिर्जना हुन नदिन प्रमुख प्रतिपक्ष र प्रतिपक्षीहरुलाई नपुर्याउन चेतावनी दिए। आफूहरुको माग प्रधानमन्त्रीसँग रहे पनि कतिपय सत्तारुढ सांसद आफै प्रधानमन्त्री जसरी बैठकमा प्रस्तुत भएको भन्दै उनले आपत्ति जनाए। उहाले एमालेले महत्वपूर्ण कुरा उठाउदा सरकारले सुनेनसुनेको गरेको जिकिर गरे।

प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्