Kathmandu Press

सभामुख घिमिरेले अघि बढाए प्रमुख सचेतक र सचेतकसँग संवाद 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूको भनाभनको अवस्था आएपछि बैठक स्थगित भएको थियो।
सभामुख घिमिरेले अघि बढाए प्रमुख सचेतक र सचेतकसँग संवाद 

काठमाडौं, फागुन ११ : प्रतिनिधि सभा बैठक अघि बढाउन सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल शुरु गरेका छन्। 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूको भनाभनको अवस्था आएपछि बैठक स्थगित भएको थियो।

Hardik ivf

सभामुख घिमिरेले अहिले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गररहेका छुन्। बैठकमा विवाद उत्पन्न भएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि भनेर बैठक स्थगित गरेका थिए। २ः३० सम्मका लागि भन्दै सूचना टाँसेर स्थगित गरिए पनि अहिलेसम्म बैठक सुरु हुन सकेको छैन।

सभामुख घिमिरेले आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकसँग संसद खुलाउन संवाद गरेका हुन् । संसद बैठकमा एमालेले गत पुस १३ गते बालकुमारीमा भएको गोली प्रकरणमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा लगायत बिषय उठान गर्दै आएको छ । 

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्