विशेष अदालतबाट दुई प्रहरी र शिक्षकलाई भ्रष्टाचारमा सजाय
विशेष अदालतले प्रतिवादी प्रहरी हवल्दार विष्णु सिंहलाई घुससम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो।
काठमाडौं, फागुन ११ : विशेष अदालतले शुक्रबार घुसमा मुछिएका दुई जना प्रहरी र नक्कली शैक्षिक प्रमाण पत्रमा एक जना शिक्षकलाई दोषी ठहर गरेको छ।
विशेष अदालतले प्रतिवादी प्रहरी हवल्दार विष्णु सिंहलाई घुससम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो। गत साउन ११ गते सेवाग्राहीबाट ६२ हजार पाँच सय १८ रुपैयाँ घुस लिइरहेको अवस्थामा काठमाडौंको बूढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत वरिष्ठ हवल्दार सिंहलाई अख्तियारको टोलीले पक्राउ गरी मुद्दा चलाएको थियो।
त्यही मुद्दामा उनलाई एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद सजाय तोकिएको छ। घुसकै अभियोग लागेका इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई पनि ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा अदालतबाट त्यति नै जरिवाना र ३ महिना कैद हुने फैसला भएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा मुद्दा चलाइएका घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक शाहलाई पनि दोषी ठहर गरिएको छ। शाहलाई ६ महिना कैद र १० हजार जरिवानाको फैसला भएको छ।










![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

-1783061799.jpg)