Kathmandu Press

फागुन २१ बाट सात सहरमा ‘महाजात्रा’काे ‘महाकमेडी यात्रा’

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो।
फागुन २१ बाट सात सहरमा ‘महाजात्रा’काे ‘महाकमेडी यात्रा’

काठमाडौं, फागुन ११ : आगामी चैत ९ बाट रिलिजकाे तयारीमा रहेकाे फिल्म ‘महाजात्रा’ले सात सहरमा ‘महाकमेडी यात्रा’ गर्ने भएको छ। यही फागुन २१ गतेदेखि दुई चरणमा ‘महाकमेडी यात्रा’ सुरु हुन लागेको फिल्म निर्माण टाेलीले जनाएकाे छ।

पहिलो चरणमा ‘महाकमेडी यात्रा’ फागुन २१ गते पोखराबाट सुरु हुनेछ। फागुन २२ गते बुटवल र फागुन २५ गते धनगढीमा पुगेर समापन हुनेछ । दोस्रो चरण फागुन ३० गते बिर्तामोडबाट सुरू भई चैत १ गते इटहरी, चैत ३ गते हेटौंडा र चैत ४ गते नारायणगढमा समापन हुनेछ।

Hardik ivf

‘महाकमेडी यात्रा’मा फिल्मबाट अभिनेता हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत उक्त भ्रमणमा सहभागी हुनेछन्। अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतीमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन्।

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो। यसपटक फिल्मले पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई कथावस्तु बनाएको छ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ । फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् ।

प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्