माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित, अब आइतबार बस्ने
रूपान्तरण अभियानको मूल्यांकन, आगामी अभियानको तयारी, सांगठनिक कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको थियो।
काठमाडौं, फागुन ११ : माओवादी केन्द्रको आज (शुक्रबार) बस्ने भनिएकाे स्थायी कमिटी बैठक स्थगित भएको छ। हिजाे बिहीबार बसेर आज निरन्तरता दिने भनिएको उक्त बैठक अब पर्सि (आइतबार) बिहान ११ बजे बस्ने बताइएकाे छ।
रूपान्तरण अभियानको मूल्यांकन, आगामी अभियानको तयारी, सांगठनिक कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको थियो।
माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको बताए।
आजको बैठकमा काम गर्नेनगर्ने नेताहरूको मूल्यांकन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची पनि थियो।
प्रकाशित मिति: १५:२१ बजे, शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

-1783061799.jpg)