संक्रमणकालीन न्यायको विषयमा एमालेको भनाइ यथावत् : सचेतक बर्तौला
कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले त्यस्तो बताएका हुन्।-1704874475.jpg)
काठमाडौं, फागुन ११ : प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेशकुमार बर्तौलाले संक्रमणकालीन न्यायको विषयमा आफूहरुको भनाइ यथावत् रहेको बताएका छन्।
कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले त्यस्तो बताएका हुन्।
संक्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुंग्याउन जरुरी रहेको भनाइ एमालेले राख्दै आएको छ। बैठकमा बर्तौलालृे पीडितमैत्री हुने गरी संक्रमणकालीन न्यायको विषयलाई टुंगो लगाउनुपर्नेमा जोड दिए।
‘यो महत्वपूर्ण छ, राजनीतिक प्रकृतिको विषय हो, लामो समयदेखि अफ्ठ्यारो हुँदै आएको विषय हो,’ उनले भने, ‘समितिमा उठेका चार विषयमा केही साँघुरो हुन खोजेको छ, त्यसलाई एक ढंगले टंग्याएर गरेर गयो भने समितिले मात्र्र स्वामित्व लिने किसिमको कुरा हो।’
नागरिकहरुले टीआरसी विधेयकलाई अझै कति अड्काउने भन्ने प्रश्न गरिरहेको भन्दै यसलाई छिटो सम्बोधन गर्न जरुरी रहेको बताए।










![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

-1783061799.jpg)