Kathmandu Press

अवैध बाटाेबाट अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो 

अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।
अवैध बाटाेबाट अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो 
Hardik ivf

काठमाडौं, फागुन ११ : अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ। 

अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।

'अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ', उनले भने, 'हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए। आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ। उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ।'

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्