Kathmandu Press

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एक साताभित्रै टुंग्याउन प्रस्ताव  

शुक्रबार सिंहदरवारमा बसेको बैठकमा प्रमुख सचेतक लेखकले विधेयकका बिषयमा पीडित, नागरिक समाज र सञ्चार माध्यमको दवावलाई समेत ख्याल गरेर छलफलबाट आगामी फागुन १९ गते भित्र टुंगो लगाई सक्नुपर्ने प्रस्ताव गरेका हुन्। 
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एक साताभित्रै टुंग्याउन प्रस्ताव  

काठमाडौं, फागुन ९ : सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एक साताभित्र टुंगोमा पुर्याउन संदको कानून, न्याय तथा मानव अधिकार समितिलाई प्रश्ताव गरेका छन्।

शुक्रबार सिंहदरवारमा बसेको बैठकमा प्रमुख सचेतक लेखकले विधेयकका बिषयमा पीडित, नागरिक समाज र सञ्चार माध्यमको दवावलाई समेत ख्याल गरेर छलफलबाट आगामी फागुन १९ गते भित्र टुंगो लगाई सक्नुपर्ने प्रस्ताव गरेका हुन्। 

Hardik ivf

‘अब यसलाई सहमति गरौैं, भएन भने प्रक्रियामा लगेर भएपनि कुनै एउटा मिति तोकेर यसलाई टुंग्याइदिउँ भन्ने मेरो गम्भिरतापूर्वक आग्रह छ। आजै एउटा मिति तोकेर संक्रमणकालिन न्याय टुंग्याइदिऊँ भन्ने आग्रह छ,’ प्रमुख सचेतक लेखकले भने।

उनले विधेयकमा १/२ विषय मात्रै सहमति हुन बाँकी रहेको पनि बताए। एक पटक समितिको बैठकमा छलफल गरी टुंग्याउने प्रयास गर्ने र नभए त्यसलाई संसदको पूर्ण हाउसले टुंगो लगाउने गरी संसदमा पठाउन ढिलाइ गर्न नहुने भनाइ लेखकको थियो। 

उनले पीडितको पीडालाई सम्बोधन गर्न पनि उक्त विधेयक संसदीय समितिले चाँडो टुंगोमा पुर्याउनुपर्ने बताए।
 
प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्