Kathmandu Press

एक हप्ताका लागि सबै खेल गतिविधि बन्द गर्ने राखेपको निर्णय

काठमाडौं, चैत ४ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले  एक हप्ताका लागि सबै खेल गतिविधि बन्द गर्ने निर्णय गरेको छ। 

राखेपको सोम....

एक हप्ताका लागि सबै खेल गतिविधि बन्द गर्ने राखेपको निर्णय

काठमाडौं, चैत ४ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले  एक हप्ताका लागि सबै खेल गतिविधि बन्द गर्ने निर्णय गरेको छ। 

राखेपको सोमबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिँदै गएकाले एक हप्ता खेलकुदसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्ने निर्णय गरेको हो। 

विश्वका ठूला राज्यले पनि कोरोनाका विषयमा विभिन्न सचेतना अपनाइरहेको अवस्थालाई नियाल्दै राखेपले खेलकुदसँग सम्बन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिविधि तत्काल एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए।

तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने र त्यसपछि परिस्थिति हेरेर थप निर्णय गरिने सिलवालले बताए। यस्तै, खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसँग सम्बन्धित व्यक्ति र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषद्‍ले अपील गरेको छ।
 

प्रकाशित मिति: १६:४० बजे, मंगलबार, चैत ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्