Kathmandu Press

प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सदन चल्दैन : ज्ञानेन्द्र शाही

सरकारको जवाफ नआउने भए सधैंका लागि संसदलाई छुट्टी दिएर रत्नपार्कको खुला मञ्चमा गएर भाषण गर्न भन्दै उनले आक्रोश पोखे।
प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सदन चल्दैन : ज्ञानेन्द्र शाही

काठमाडौं, फागुन ११ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालालगायतलाई प्रक्राउ गर्न दबाब दिएका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्री वा गृहमन्त्रीले बालकुमारी घटनाबारे जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनी पनि दिए।

Hardik ivf

आफ्नो दलको कार्यक्रममा रुमलिएर संसदमा नआउने तर दोष राप्रपालाई दिने भन्दै आक्रोश व्यक्त गरे। ‘क्यालेन्डर लागु गरिएको छ। कार्यव्यवस्था समिति बनाइएको छ। सभामुखले बेला बेला बैठक बोलाउनुहुन्छ,'  उनले भने, 'तपाइँहरु चाहीं गोदावरीमा पार्टीको कार्यक्रम भनेर त्यहीं रुमलिने र संसदमा नआउने ? एक महिनामा चारपाँच पटक भन्दा बढी संसद चलाउन नसक्ने अनि हामीलाई दोष दिने ? आज प्रधानमन्त्री आउने हो कि गृहमन्त्री आउने हो ? हत्या गरेका हत्यारालाई पक्राउ किन नगरेको ? रोष्टमबाट जवाफ चाहिन्छ। होइन भने संसद चल्दैन।’

सरकारको जवाफ नआउने भए सधैंका लागि संसदलाई छुट्टी दिएर रत्नपार्कको खुला मञ्चमा गएर भाषण गर्न भन्दै उनले आक्रोश पोखे।

प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्