Kathmandu Press

सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे : अमरेश कुमार

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले अधिकांश ठाउँमा सत्ता गठबन्धन र उनीहरुकै आसेपासेले नै जग्गा कब्जा गरेका कारण सार्वजनिक जग्गा सरकारले फिर्ता गर्न नसकेको आरोप लगाए। 
सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे : अमरेश कुमार

काठमाडाैं, फागुन ११ : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सार्वजनिक सरकारी र गुठीको जग्गाबारे ४१ वटा प्रतिवेदन सरकारको दराजमा धुलो लागेर बसेको भन्दै आपत्ति जनाएका छन्। 

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले अधिकांश ठाउँमा सत्ता गठबन्धन र उनीहरुकै आसेपासेले नै जग्गा कब्जा गरेका कारण सार्वजनिक जग्गा सरकारले फिर्ता गर्न नसकेको आरोप लगाए। 

Hardik ivf

उनले भने,‘सार्वजनिक सरकारी र गुठीको जग्गाकोबारे ४१ वटा प्रतिवेदन सरकारको दराजमा धुलो लागेर ढाकिएको छ। पहिला ४१ ठाउँको जग्गा फिर्ता गरौं सरकारको हौसियत छ भने। तर छैन्। किनकी अधिकांश ठाउँमा सत्ता गठबन्धन र उसका आसेपासेले नै जग्गा कब्जा गरेको छ।’

उनले समाजिक सुधार ऐन २०३३ कसको लागि बनेको भन्दै प्रश्न गर्दै भने,‘यो २०३३ को समाज सुधार ऐन कसका लागि? भर्खर प्रधानमन्त्रीको नातीको बिहे भयो। हजारौंलाई निम्तो गरियो। कांग्रेसको सभापतिको छोराको बिहे भयो। सोल्टी होटेलमा १० दिनसम्म पार्टी चल्यो। ठूलाले कानून बनाउने तर नेतालाई कानुन नलाग्ने ?’

समाजिक सुधार ऐन २०३३ को दफा ८ मा दुलाहादुलही पक्षबाट आयोजित भोजमा नजिकको नातेदार बाहेक अरु छरछिमेकी बाहेक ५१ जना बढी व्यक्तिलाई आमन्त्रित गर्न नपाउने भनिएको छ। 
 
प्रकाशित मिति: १२:५४ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्