Kathmandu Press

ट्रक पल्टिँदा च्यापिएका तीन जना बालबालिकाको मृत्यु

औद्योगिक कच्चा पदार्थ लोड भएको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी दुर्घटना भएको थियाे। 
ट्रक पल्टिँदा च्यापिएका तीन जना बालबालिकाको मृत्यु

काठमाडौं, फागुन ९ : मोरङमा घरमाथि मालवाहक ट्रक पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ। 

शुक्रबार बिहान बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा भएको उक्त दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको मृत्यु भएको हो। औद्योगिक कच्चा पदार्थ लोड भएको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी दुर्घटना भएको थियाे। 

Hardik ivf

नम्बरको लहरी ट्रक पल्टिँदा बुढीगंंगा–४ प्रगतिटोलका ज्योति अधिकारीका जुम्ल्याहा छोरी इसिता र छोरा निशान्त तथा सन्जु खवासको ८ वर्षे छोरी रिहा खवासको पनि मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हिंडिरहेकी रिहाको मृत्यु भएको जनाइएको छ। दुर्घटनामा ज्योति अधिकारी र रिहाकी आमा सन्जु खवास घाइते भएको छन्।

घरमा लहरी पल्टिँदा लहरीमा लोड भएको ठूलो ढुङ्गाले बालबालिकाहरुलाई किचेको प्रहरीले जनाएको छ। अहिले प्रहरीले क्रेनको सहायतामा ढुङ्गा पन्छाएर शव निकालेको थियो।
 

प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्