Kathmandu Press

जिबी राईको खोजी गरेर बचतकर्ताकाे पैसा फिर्ताकाे पहल गरिदिन

उनले वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्दै आएका जिबी राई १३५ करोड जम्मा गरेर कार्यालय बन्द गरी फरार भएको जानकारी दिए।
जिबी राईको खोजी गरेर बचतकर्ताकाे पैसा फिर्ताकाे पहल गरिदिन

काठमाडौं, फागुन ११ : जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईको खोजी गरेर बचतकर्ताकाे पैसा फिर्ताका लागि पहल गरिदिन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबार बसेकाे बैठकमा बोल्दै उनले वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्दै आएका जिबी राई १३५ करोड जम्मा गरेर कार्यालय बन्द गरी फरार भएको जानकारी दिए।उनले भने, ‘कहाँ छन् जिबी राई? सरकारले किन नियन्त्रणमा लिँदैन?’

उनले जिबी राईकै कारण पोखराको नागरिकले समेत दु:ख पाएको उनले बताए।

प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्