Kathmandu Press

संसदमा हुलहुज्जत नगर्न र गर्ने भए सडकमा जान विपक्षीलाई सांसद सापकोटाकाे आग्रह

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको भनाइलाई प्रतिवाद गर्दै उनले संसदमा हुलहुज्जत नगर्न र गर्ने भए सडकमा जान आग्रह गरेका छन् । 
संसदमा हुलहुज्जत नगर्न र गर्ने भए सडकमा जान विपक्षीलाई सांसद सापकोटाकाे आग्रह
Hardik ivf

काठमाडौं, फागुन ११ : सरकारको नेतृत्व गररिहेको दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसद चल्न नदिनेहरू राजीनामा दिएर सडकमा जान सक्ने बताएका छन्। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको भनाइलाई प्रतिवाद गर्दै उनले संसदमा हुलहुज्जत नगर्न र गर्ने भए सडकमा जान आग्रह गरेका छन्। 

बालकुमारी घटनालाई प्रधानमन्त्रीले हत्या भनेको र हत्या भए सम्बन्धित मन्त्री र प्रहरीलाई किन कारबाही नगरेको भन्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बिहीबारको बैठकमा प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफ नआएसम्म सदन चल्न नदिने भनी उनै शाहीले शुक्रबारको बैठकमा भने। लगत्तै सांसद सापकोटाले प्रतिवाद गर्दै संसद चल्न नदिने भए राजीनामा गरेर सडकमा जान भनेका हुन्।

‘माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो यो संसद चल्दैन। नचलाउनुस् । संसद बन्द गर्न, हुलउज्जत गर्न, अराजकता प्रदर्शन गर्न, मनलाग्दी गर्नका लागि जनताबाट निर्वाचित भएर आएको हो? तपाईंहरू शासन व्यवस्थाको कुरा पनि गर्नुहुन्छ। यो शासन व्यवस्था गलत छ भने संसदको पद राजीनामा गरेर सडकमा गएर विद्रोह गर्नुस् त्यो अधिकार छ। संसदमा बस्ने, अराजक हुने उच्छृंखल हुने यो के तरिका हो?,’ उनले भने। उनले संसदमा सभामुखको भूमिकाप्रति पनि आपत्ति जनाए।

प्रकाशित मिति: १२:३४ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्