Kathmandu Press

सांसद सापकोटाले सदनमा उठाए संसद् सचिवालयका महासचिवसँग तीनवटा नागरिकता भएकाे विषय

सांसद सापकोटाले सदनमा उठाए संसद् सचिवालयका महासचिवसँग तीनवटा नागरिकता भएकाे विषय

काठमाडौं, फागुन ११ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसँग तीनवटा नागरिकता भएकाे विषय उठाएका छन्। 

प्रतिनिधिसभाकाे आजको बैठकमा बोल्दै सापकोटाले प्रतिपक्षी दलहरुलाई संसदको महासचिवको तीन वटा नागरिकता रहेको विषय थाहा छ कि छैन भनी प्रश्न गरेका हुन्।

Hardik ivf

भने, 'म भन्न चाहन्छु, प्रतिपक्षका साथीहरूलाई संसद्का महासचिवको तीन नागरिकता र दुई वटा राहदानीको कुरा तपाईंहरूले उठाएको कुरामा थप्नुहोस् न, संसद्‌मा हाम्रो महासचिवको तीन वटा नागरिकता छ दुई वटा पार्सपोर्ट छ, त्याे थपनुहुन्न?'

 

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्