गणपूरक संख्याकाे विषयले प्रतिनिधिसभा बैठकमा मच्चियाे होहल्ला
बिहीबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद राजेन्द्र केसीले राजनीतिक दलसम्बन्धी विधेयक पेस हुने बेलामा विपक्षी दलका सांसदहरू बाहिर गएको आरोप लगाएपछि विपक्षी सांसदहरुले उठेर विरोध गरे।
काठमाडौं, फागुन ११ : सत्तारुढ सांसदले गणपूरक संख्या अपुग गर्न विपक्षी सांसदहरु बाहिर गएको आरोप लगाएपछि संसदमा विवाद भएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद राजेन्द्र केसीले राजनीतिक दलसम्बन्धी विधेयक पेस हुने बेलामा विपक्षी दलका सांसदहरू बाहिर गएको आरोप लगाएपछि विपक्षी सांसदहरुले उठेर विरोध गरे। 'सभामुख महोदय हामीलाई एक वर्षमा एउटा विधेयक पास गर्ने सांसद भनेर समाजिक रुपमा चित्रित गर्छन्,' केसीले भने, 'हिजो राजनीतिक दलसम्बन्धी विधेयकमा निर्णय हुँदै छ भन्ने थाहा पाएपछि सांसदहरु बाहिर गएर गएपछि गणपूरक संख्याको प्रश्न उठाएर रोक्नु भएको छ।'
सत्तारूढ सांसदहरु पनि प्रतिवादमा उत्रिए। सांसद केसीले आफूले देखेको बोलेको आरोप नलगाएको बताए। यस्ताे अवस्थामा प्रतिनिधिसभा बैठकमा होहल्ला मच्चिएको थियाे। त्यसपछि सभामुखले एमाले प्रमुख सचेतक पदम गिरीलाई बाेल्न समय दिए। गिरीले आफूहरुका कारण विधेयक पास गर्न कहाँ बाधा पुग्यो भन्दै प्रश्न गरे।
संसदका बहुमत सदस्यहरुको विश्वास छ भने आफूले पेस गरेको विधेयक पास गर्ने आँट सरकारसँग छ कि छैन भन्ने प्रश्न गरेर छैन भने नैतिक रुपले राजीनामा दिनुर्ने पिन उनले बताए। रास्वपाका विराजभक्त श्रेष्ठले संसदको क्यालेन्डर हेरेको हो कि होइन भनेर प्रश्न गरे।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले सभामुख देवराज घिमिरेको भूमिकामै प्रश्न उठाए। केसीलाई सभामुखले संक्षिप्तमा टुंग्याउनेगरी दिएको समय बीचमै रुलिङ गरेर रोकेको भन्दै कुन नियमावलीअनुसार गरेको भन्दै उनले आक्रोश व्यक्त गरे।।










![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

-1783061799.jpg)