Kathmandu Press

मिटरब्याजपीडितको माग पूरा गराउन र तीन मन्त्रीकाे राजीनामा दिलाउन याेगेश भट्टराईकाे माग

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे।
मिटरब्याजपीडितको माग पूरा गराउन र तीन मन्त्रीकाे राजीनामा दिलाउन याेगेश भट्टराईकाे माग

काठमाडौं, फागुन ११ : एमाले सांसद योगेश भट्टराईले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे।

Hardik ivf

‘काठमाडौंमा मिटरब्याजपीडित आउनुभएको छ। किन समस्या समाधन भएन पीडितहरुको समस्या? अधिकांश ठग्ने गठबन्धनसँग नजिकका मान्छे छन्, त्यसकारण कारबाही हुँदैन,’ उनले भने, ‘उनीहरुसँग तत्काल वार्ता होस्।’ लघुवित्तको समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थालाई आतंकित गर्ने काम नगर्न पनि उनले सरकारलाई भनेका छन्।

उनले तीन मन्त्रीको राजीनामा पनि मागे। उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा मागेका हुन्। 

बालकुमारी घटनामा छानबिन समितिले दोषी देखाएकाले मन्त्री ज्वाला, टेरामक्स प्रकरणमा दोषी देखिएकाले मन्त्री बस्नेत र लुम्बिनीको रामग्राम स्तुप क्षेत्र निजी कम्पनीलाई लिजमा दिने विषयमा गलत गरेको भन्दै मन्त्री सुदन किरातीले राजीनामा दिने उनको भनाइ थियो।

प्रकाशित मिति: ११:५० बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्