Kathmandu Press

एनआरएनए भवन लिजमा दिन माग गर्दै शर्मा समूह प्रधानमन्त्री निवासमा

प्रधानमन्त्रीसँगको भेटमा गैरआवासीय नागरिकता पाउने व्यवस्था भएपनि नागरिकता अनुसार पाउनुपर्ने अधिकार नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष आरके शर्माले जानकारी दिए।
एनआरएनए भवन लिजमा दिन माग गर्दै शर्मा समूह प्रधानमन्त्री निवासमा

काठमाडौं, फागुन ११ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरकै शर्मा समूहले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ।

राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको छ।

Hardik ivf

प्रधानमन्त्रीसँगको भेटमा गैरआवासीय नागरिकता पाउने व्यवस्था भएपनि नागरिकता अनुसार पाउनुपर्ने अधिकार नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष आरके शर्माले जानकारी दिए।

‘अदालतको फैसलालाई सम्मान गर्दै अहिले एनआरएनए रहेको मुख्यालय लिजमा अन्य कानुनी आधारबाट एनआरएनएलाई प्रयोग गर्न दिने व्यवस्था मिलाउन सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं,’ शर्माले भेटपछि भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले नागरिकतामा पाउने अधिकारहरुको विषयमा छिटै कानुनी व्यवस्था हुने र नियम अनुसार भवनको विषयमा निर्णय हुने आश्वासन दिनु भएको छ।’

प्रधानमन्त्रीसँग भेटमा एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता पाएपछि पाउनुपर्ने अधिकार नपाएको हुँदा विभिन्न समस्या भोग्नु परेको हुँदा यसलाई सहजीकरण गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्रीसँग भेटमा उपाध्यक्ष खगेन्द्र न्यौपाने, उपाध्यक्ष डिबी क्षेत्री,जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट लगायतका अभियन्ता सहभागी थिए।

 

प्रकाशित मिति: ११:१३ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्