Kathmandu Press

माओवादी स्थायी कमिटी बस्दै, अध्यक्ष दाहालले बैठकमा उठेका प्रश्नको जवाफ दिने

माओवादी विशेष रुपान्तरण अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, सुदूरपश्चिम प्रदेशमा दल नेता फेरबदललगायतका विविध चारवटा एजेण्डामा केन्द्रीत रहेर छलफल गरेको माओवादीका प्रवक्ता अग्नी प्रसाद सापकोटाले बताए।
माओवादी स्थायी कमिटी बस्दै, अध्यक्ष दाहालले बैठकमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौं, फागुन ११ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बिहीबारबाट जारी स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिका बारेमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

Hardik ivf

बिहीबारको बैठकमा माओवादी विशेष रुपान्तरण अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, सुदूरपश्चिम प्रदेशमा दल नेता फेरबदललगायतका विविध चारवटा एजेण्डामा केन्द्रीत रहेर छलफल गरेको माओवादीका प्रवक्ता अग्नी प्रसाद सापकोटाले बताए।

आजको बैठकमा भूकम्पपछिको पूर्ननिर्माण, मधेश प्रदेश सरकारलाई विस्वासको मत दिनेबारे छलफल गर्नुका साथै माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गर्ने सातै प्रदेशबाट तीन/जना सहित थप तीन प्रदेशका उत्कृष्ट योगदान गर्नेलाई सम्मान गर्ने र कम योगदान गर्ने तथा योगदान नै नगर्नेलाई सोहिअनुसारको कारबाही गर्ने कार्यक्रम तय गरेको प्रवक्ता सापकोटाले बताए।

माओवादीले अभियानमा राम्रो,नराम्रो दुवै काम गर्नेको नाम आजै सार्वजनिक गर्दैछ।

 

प्रकाशित मिति: १०:४५ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्