सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा पक्राउ
अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
काठमाडौँ, फागुन ११ : सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो ।
अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोङ्गबुबाट पक्राउ गरिएको जनाइएको छ ।
प्रकाशित मिति: ०८:०६ बजे, शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

-1783061799.jpg)