ओलीको प्रश्न- मन्त्री निर्लज्ज भयो भने प्रधानमन्त्री पनि निर्लज्ज हुने?
‘आफैंले सरकारले बनाएको आयोगले तोकेको छ, दोषी मन्त्री छ। मन्त्री फूर्तिसाथ हिँड्ेको छ। आत्मग्लानि छँदै छैन। न सरकारलाई न मन्त्रीलाई।’
काठमाडौं, फागुन १० : नेकपा एमालेका अध्यक्ष केपी ओलीले बालकुमारी घटनामा छानबिन समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको प्रतिवेदन बुझाएको भए पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको आरोप लागाएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय कमिटीको बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले छनबिनका लागि गठित समितिले दोषी ठहर गर्दा पनि कारबाही नगर्नु अलोकतान्त्रिक पद्धति भएको बताए।
‘युवा मारिएका विषयमा प्रतिवेदनले भन्छ मन्त्री दोषी छ, पहिलो पटक दुनियाँको इतिहासमा यस्तो सुनिँदैछ, सायद यस्तो हुँदैन। लोकतन्त्र मान्ने प्रणालीमा यस्तो हुँदैन,’ उनले भने, ‘आफैंले सरकारले बनाएको आयोगले तोकेको छ, दोषी मन्त्री छ। मन्त्री फूर्तिसाथ हिँड्ेको छ। आत्मग्लानि छँदै छैन। न सरकारलाई न मन्त्रीलाई।’
मन्त्री आफैंले राजीनामा नदिए हटाउनु पर्दैन भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न समेत गरेका छन्।
‘मन्त्रीले राजीनामा नगरे हटाउनु पर्दैन? मन्त्री निर्लज्ज भयो भने निर्लज्ज हुने, गठबन्धन नै निर्लज्ज हुने?,’ उनले भने, ‘एउटा व्यक्तिको स्वार्थमा, एउटा सानो दलको स्वार्थमा सिंगो देश अलोकतान्त्रिकमा जाने । नैतिकता भन्नेकुरा सिंगै देशले छोड्ने?’
त्यस्तै अध्यक्ष ओलीले सहकारी तथा मिटरब्याज पीडितलाई सरकारले उपेक्षा गरेको आरोप लगाएका छन् । पीडितहरुले सडकमा वेदना पोखिरहेको भन्दै उनले सरकार कानमा तेल हालेर बसेको आरोप लगाए।










![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

-1783061799.jpg)