Kathmandu Press

विमानस्थालबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

भन्सार जाँच पार गरिसकेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा पाइन्ट र अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा भारतीय नागरिक मोहम्मद जेसनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विमानस्थालबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, फागुन १० : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुनसहित एक जना पक्राउ परेका छन्।

भन्सार जाँच पार गरिसकेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा पाइन्ट र अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा भारतीय नागरिक मोहम्मद जेसनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Hardik ivf

उनी कतारको दोहाबाट मुम्बई हुँदै अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए।

 बरामद सुन र जेसनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:०६ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्