वर्तमान सरकारलाई सहयोग र प्रोत्साहन गर्नु कांग्रेसको दायित्व हो : सभापति देउवा
‘कांग्रेस वर्तमान गठबन्धन सरकारको प्रमुख घटक हो। त्यसकारण पनि मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन यो सरकारलाई निरन्तर सहयोग र प्रोत्साहन गर्नु कांग्रेसको दायित्व हुन्छ,’ सभापति देउवाले भने।
काठमाडौं, फागुन १० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान गठबन्धन सरकारलाई सहयोग र प्रोत्साहन गर्नु सत्ताघटकको हिसाबले कांग्रेसको दायित्व भएको बताएका छन्।
पार्टीको महासमिति बैठकको समापन गर्दै सभापति देउवाले कांग्रेस गठबन्धन सरकारको प्रमुख घटक भएकाले सहयोग निरन्तर रहने उल्लेख गरे।
‘कांग्रेस वर्तमान गठबन्धन सरकारको प्रमुख घटक हो। त्यसकारण पनि मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन यो सरकारलाई निरन्तर सहयोग र प्रोत्साहन गर्नु कांग्रेसको दायित्व हुन्छ,’ सभापति देउवाले भने।
सभापति देउवालले महासमिति बैठकले पार्टीलाई थप अनुशासित, ऊर्जावान र एकताबद्ध बनाएर अघि बढ्ने प्ररणा दिएको बताए।
पार्टीले गौरवशाली इतिहासलाई आधार बनाएर समयसापेक्ष, दुरदर्शी र जिम्मेवारीपूर्ण ढंगले व्यवहार अपनाएकै कारण साढे सात दशक लामो यात्रा तय गरिसकेको उनले बताए। उनले अब थप संवेदनशील भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
महासमिति बैठकबाट पारित भएका प्रस्तावहरुलाई केन्द्रीय कार्यसमितिले संशोधनसहित पारित गर्ने देउवाको भनाई थियो।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
