Kathmandu Press

‘काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔं, दाग लागेको मन्त्रीलाई घर पठाऔं’

‘काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔं, दाग लागेको मन्त्रीलाई घर पठाऔं’

काठमाडौं, फागुन १० : कांग्रेस महामन्त्री गगनकुमार थापाले काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिनुपर्ने बताएका छन्। बिहीबार पार्टीको महासमिति बैठकको समापन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले काम गर्न नसक्ने र विवादित मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने बताए।

‘म जस्तो सांसद होस् वा मन्त्री होस् प्रत्येकले रिपोर्ट कार्ड दिन सक्नुपर्छ  हाम्रो कामबाट नागरिक खुशी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ,’ महामन्त्री थापाले भने, ‘काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔं, दाग लागेको मन्त्रीलाई घर पठाऔं।’

Hardik ivf

महामन्त्री थापाले नेताको नाममा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरुलाई पार्टीले ठीक गर्नुपर्ने बताए। आफूहरु जिम्मेवारीमा रहेकाले जनताको दुःखको हल आफूहरुले दिनुपर्ने उनले बताए।

भ्रष्टाचारमा मुछिएको एउटा मान्छेलाई कांग्रेसले वरिपरि राख्दैन भनेर भन्न सक्नुगर्ने बताउँदै उनले ती सबै काम गरेपछि पार्टीको शक्ति बढ्दै जाने बताए।

प्रकाशित मिति: १९:२० बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्