Kathmandu Press

साम्राज्ञी र धिरजलाई लिएर ‘रुमानी रङ’ बन्ने

अभिनेत्री साम्राज्ञीले फिल्मको कथा मन परेपछि आफू काम गर्न तयार भएको बताउँदै धिरजसँग पुनः सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन्।
साम्राज्ञी र धिरजलाई लिएर ‘रुमानी रङ’ बन्ने

काठमाडौं, फागुन १० : साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरलाई लिएर फिल्म ‘रुमानी रङ’ बन्ने भएको छ।

काठकाडौंमा एक कार्यक्रम आयोजना गर्दै ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र आविष्कार बाहु सञ्चार प्रालिको सहकार्यमा निर्माणको घोषणा गरियो। फिल्मलाई अनिल योञ्जनले निर्देशन गर्नेछन्।

Hardik ivf

कार्यक्रममा अभिनेत्री साम्राज्ञीले फिल्मको कथा मन परेपछि आफू काम गर्न तयार भएको बताउँदै  धिरजसँग पुनः सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन्। यसअघि साम्राजीले ‘इन्टु मिन्टु लण्डनमा’ धिरजसँगै सहकार्य गरेकी थिइन्।

यस्तै, अभिनेता धिरजले पछिल्लो समयमा नेपालमा प्रेमकथाका फिल्महरु कम मात्र बनिरहेको अवस्थामा ‘रुमानी रङ’ले दर्शकलाई फरक स्वादको प्रेमकथा दिने दाबी गरे। निर्देशक योञ्जनले फिल्मले प्रेमलाई कमेडीको लयमा भन्ने बताए । अनिलले यसअघि फिल्म ‘डायरी’ निर्देशन गरेका थिए ।

निर्देशक अनिलकै पटकथा तथा संवाद रहने फिल्ममा कार्यकारी निर्माताका रुपमा हरि मल्ल ठकुरी रहने छन्।

आगामी बैशाखबाट छायाँकनमा जाने फिल्मलाई महेश पौडेलले खिच्ने छन्। फिल्मको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा गरिने बताइएको छ।

 

प्रकाशित मिति: १९:०१ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्