जाँचबुझ आयोगको प्रतिवेदन हेरेपछि मात्र नेकपा एसले मन्त्री ज्वालाबारे निर्णय गर्ने
प्रवक्ता खतिवडाले गोली हान्ने गृह मन्त्रालय, गृहमन्त्री र श्रममन्त्री कुनै मन्त्री ज्वाला नभएको भन्दै के कारणले दोषी देखाइयो भनेर बुझ्न नसकेको हुँदा प्रतिवदेनको निष्कर्षपछि मात्र पार्टीले आवश्यक निर्णय गर्ने बताए।
काठमाडौं, फागुन १० : बालकुमारी घटनामा दोषी देखिएका भनिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका विषयमा जाँचबुझ आयोजको प्रतिवेदन हेरेपछि मात्र नेकपा एकीकृत समावादीले निर्णय गर्ने भएको छ।
छानविनको प्रतिवेदन समितिले प्रधानमन्त्रीलाई बुझाए पनि सार्वजनिक नहुँदा आवश्यक निर्णय लिन नसकेको पार्टीले जनाएको छ।
एकीकृत समाजवादीको बिहीबार बसेको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री ज्वालाको विषयमा पार्टी अप्ठ्यारोमा परेको बताए। प्रतिवेदन सार्वजनिक नहुँदा आन्तरिक रुपमा बहस र छलफल गरे पनि आवश्यक निर्णय लिन नसकेको जानकारी उनले दिए।
‘आजको बैठकमा मन्त्री प्रकाश ज्वालाको विषयमा हामी आफैं अप्ठ्यारोमा परेका छौं। प्रतिवेदनलाई क्याबिनेटले अध्ययन गर्ने र त्यसको निष्कर्षको आधारमा अगाडि बढ्ने भन्नुभएको छ । अध्ययन भएको कुरा हामीलाई जानकारी भएको छैन,’ उनले भने, ‘प्रतिवेदन बाहिर सार्वजनिक भएको छैन । प्रतिवेदनमा कसलाई के कारणले दोषी देखाइयो भन्ने कुरा जानकारी पाउन सकेको छैनौं । बाहिर मिडियामा लेखिएका समाचारहरुले हाम्रो ध्यानाकर्षण भएको छ । आन्तरिक रुपमा बहस छलफल गरेका छौं । तर प्रतिवेदन पढ्न नपाएको कारण निष्कर्ष निकाल्न नसकेको हो।’
कोरियाली भाषा परीक्षामा सहभागिता माग गर्दै बालकुमारीमा भएको प्रदर्शनमा दुई युवकको मृत्यु भएको थियो । घटनास्थलमा मन्त्री ज्वालाको गाडीमा आगजनी भएको थियो।
प्रवक्ता खतिवडाले गोली हान्ने गृह मन्त्रालय, गृहमन्त्री र श्रममन्त्री कुनै मन्त्री ज्वाला नभएको भन्दै के कारणले दोषी देखाइयो भनेर बुझ्न नसकेको हुँदा प्रतिवदेनको निष्कर्षपछि मात्र पार्टीले आवश्यक निर्णय गर्ने बताए।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
