महासमिति बैठकले भविष्यको कांग्रेसको जीवन्तता प्रदान गरेको छ : डा. शेखर कोइराला
महासमिति बैठकको समापन कार्यक्रममा उनले त्यस्ताे बताएका हुन्।
काठमाडौं, फागुन १० : कांग्रेस नेता डा. शेखर कोइरालाले महासमिति बैठकले भविष्यको कांग्रेसको जीवन्तता प्रदान गरेको बताएका छन्।
महासमिति बैठकको समापन कार्यक्रममा उनले त्यस्ताे बताएका हुन्। उनले पार्टीभित्र एकताका आधारहरु निर्माण गर्नुपर्ने दायित्व सबैमा रहेको पनि बताए। बैठकपछि नेता कार्यकर्ता उर्जा लिएर कर्मभूमिमा फर्कने विश्वास उनले व्यक्त गरे।
उनले निर्वाचन प्रणाली परिवर्तनकाे आवश्यकता पनि औंल्याउँदै त्यसको पहलकर्ता कांग्रेस हुनुपर्नेमा जाेड दिए। कांग्रेस रुपान्तरणको आफ्नो यात्रा अविचलित रहेको उनले बताए।
प्रकाशित मिति: १७:४३ बजे, बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
