कांग्रेस महासमिति बैठकमा चारवटै प्रस्ताव सर्वसम्मतिले पारित
महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतिले पारित गरेका हुन्।-1708601800.jpg)
ललितपुर, फागुन १० : नेपाली कांग्रेसको महासमिति बैठकले चारवटा प्रस्ताव सर्वसम्मतिले पारित गरेकाे छ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए। ती प्रस्तावहरूमाथि बैठकमा छलफल भएकाे थियाे।
महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतिले पारित गरेका हुन्। गगनले चुनावी गठबन्धन नगर्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव बिहीबार महासमितिबाट पारित भएको हो।
अब ती प्रस्तावहरू केन्द्रीय समितिले अनुमोदन गर्नका लागि पठाइनेछन्।
प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
