Kathmandu Press

सन्दीपले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने, चैत १२ गते पहिलो तारेख

निवेदन दर्तापछि सन्दीपलाई चैत १२ गते पहिलो तारेखका लागि बोलाइएको छ।
सन्दीपले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने, चैत १२ गते पहिलो तारेख

काठमाडौं, फागुन १० : सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्ने अनुमति पाएका छन्।

कानूनी व्यवस्था अनुसार उच्च अदालत पाटनबाट सन्दीपले जेल बाहिर बस्न मुद्दा लड्न लिखित अनुमति पाएका हुन्। जिल्ला अदालत काठमाडौंको मुद्दाविरुद्ध पुनरावेदन दिएसँगै उनी तत्काल जेल जानु नपर्ने भएको हाे। 

Hardik ivf

जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्धामा सन्दीपलाई पुस १३ गते दोषी ठहर गरेको थियो। जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर ८ वर्षको जेल सजाय सुनाएको थियो।

लामिछाने पुनरावलोकनको निवेदन  लिएर उच्च अदालत पाटन पुगेका थिए। निवेदन दर्तापछि सन्दीपलाई चैत १२ गते पहिलो तारेखका लागि बोलाइएको छ।

 

प्रकाशित मिति: १७:२० बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्