पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटनमा सन्दीप
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसलामाथि पुनरावलोकन निवेदन लिएर उनी आज कानुन व्यवसायी सरोज घिमिरेसहित उच्च अदालत गएका हुन्।
काठमाडौं, फागुन १० : क्रिकेटर सन्दीप लामिछाने पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन्।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसलामाथि पुनरावलोकन निवेदन लिएर उनी आज कानुन व्यवसायी सरोज घिमिरेसहित उच्च अदालत गएका हुन्।
जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्धामा सन्दीपलाई पुस १३ गते दोषी ठहर गरेको थियो। जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्याएर ८ वर्षको जेल सजाय सुनाएको थियो।
उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन्। पुनरावेदनको फैसला नआउञ्जेल उनी जेल बस्नुपर्ने छैन।
प्रकाशित मिति: १७:१० बजे, बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
