त्रिवि उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त
प्रधानमन्त्री दाहालले पहिलो नम्बरमा रहेका चित्रबहादुर बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गरेका हुन्।
काठमाडौं, फागुन १० : त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन्। त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बिहीबार) बराललाई उपकुलपति नियुक्त गरेका हुन्।
प्रधानमन्त्री दाहालले पहिलो नम्बरमा रहेका चित्रबहादुर बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गरेका हुन्। सिफारिसका लागि शिक्षामन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरिएकाे थियाे। समितिले बराल, बुढाथाेकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो।
स्रोतका अनुसार विभिन्न मापदण्डको आधारमा दिइएको अंकमा बुढाथोकी २ अंकले अगाडि थिए। बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन्। बराललाई नियुक्ति गर्नुअघि प्रधानमन्त्रीले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारी समेत लिएको थिए।
उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
