Kathmandu Press

माधव नेपाललाई लक्षित गर्दै ओलीले भने- पार्टी फोडेकोमा पश्चताप नगर्नेसँग एकता हुन्न

उनले माधव नेपालप्रति लक्षित गर्दै दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेहरुलाई एमालेमा प्रवेश नगराउने बताए।
माधव नेपाललाई लक्षित गर्दै ओलीले भने- पार्टी फोडेकोमा पश्चताप नगर्नेसँग एकता हुन्न

काठमाडौं, फागुन १० : एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता-कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै उनले माधव नेपालप्रति लक्षित गर्दै दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेहरुलाई एमालेमा प्रवेश नगराउने बताए।

Hardik ivf

‘कतिपय तत्वसँग हाम्रो एकता हुँदैन र उनीहरुले प्रवेश पाउँदैनन्। उनीहरुलाई दुई तिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन। गल्ती महशुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ।'

उनले अहिले पार्टी प्रवेशको लहर तीव्र गतिमा बढिरहेको जिकिर गरे।

 

प्रकाशित मिति: १६:३७ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्