गृह मन्त्रालयले सबै प्रजिअसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण
मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारी जग्गा अतिक्रमणको अवस्थाबारे विवरण संकलन गर्न लागेकाे छ।
काठमाडौं, फागुन १० : गृह मन्त्रालयले देशभर सरकारी जग्गा अतिक्रमणको अवस्थाबारे विवरण संकलन गर्ने भएकाे छ। मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारी जग्गा अतिक्रमणको अवस्थाबारे विवरण संकलन गर्न लागेकाे छ।
मन्त्रालयले प्रजिअहरूलाई निर्देशन दिँदै सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न भनेकाे छ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा कसैले सरकारी जग्गा दुरुपयोग गरी आफ्नो काम गरेको र त्यसरी स्वामित्व कायम गरेको जग्गा बिक्री गरेको भए त्यसको सूचना पनि दिन आग्रह गरेका छन्।
सरकारी जग्गा कायम गर्न सत्य तथ्य सूचनासहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन प्रजिअहरूलाई निर्देशन दिइएको छ।












![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
