गठबन्धनविरुद्व कोही नबोलौं : युवराज गुरुङ
गुरुङले धेरै साथीहरु धारणा गठबन्धन तोड्नुपर्छ भन्ने रहेको भए पनि त्यसमा आफ्नो असहमति रहेको र गठबन्धन निर्वाचनको बेला आवश्यकता रहेको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धन कायम राख्नुपर्ने संकेत गरेका हुन्।
काठमाडौं, फागुन १० : नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले माओवादी केन्द्रसँगको चुनावी गठबन्धन तत्कालीन आवश्यकता रहेको बताएका छन्।
काठमाडौंको गोदावारीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा आफ्नो मन्तब्य राख्दै गुरुङले धेरै साथीहरु धारणा गठबन्धन तोड्नुपर्छ भन्ने रहेको भए पनि त्यसमा आफ्नो असहमति रहेको र गठबन्धन निर्वाचनको बेला आवश्यकता रहेको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धन कायम राख्नुपर्ने संकेत गरेका हुन्।
उनले भने, ‘गठबन्धन नहुँदा हिजो २०७४ मा कांग्रेस जुन अवस्थामा थियो, फेरी पनि गठबन्धन तोड्ने हो भने फेरी पार्टी ७४ कै अवस्थामा पुग्न सक्ने भन्दै गठबन्धनको बिरुद्वमा नबोल्न कांग्रेसीहरु समक्ष आग्रह गर्दछु।’
निति अधिवेशनमा रुपमा हेरिएको महासमिति बैठकमा हुनुपर्ने छलफलका विषयमा भन्दा पनि अन्य बिषयहरुमा वढी केन्द्रीत भएको उनले बताए। यस्तै जनसम्पर्क समितिले नेपाली कांग्रेसका साथीहरुलाई मातृभूमिमा परेका दैवि प्रकोपमा सदैव सहयोग गर्दै आएकोले पार्टीमा जनसम्पर्क समितिको महत्वपूर्ण भूमिका रहेको स्मरण समेत गुरुङले गराए।
११ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिको रुपमा कार्यसमितिलाई मतदान गर्ने अवसर दिएकोमा पार्टीलाई धन्यवाद दिदैं आगामी महाधिवेशनबाट जनसम्पति समितिहरुको कलष्टरबाट पनि केन्द्रीय समितिमा प्रतिनिधित्व गराउनुपर्ने माग राखे। फागुन ७ गतेदेखि जारी महासमिति बैठक आज सकिँदैछ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
