Kathmandu Press

लघुवित्त र सहकारीका साथै मिटरब्याजपीडितको समस्या समाधान गर्न सरकार गम्भीर : मन्त्री शर्मा

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले सरकारले लघुवित्त र सहकारीका साथै मिटरव्याजपीडितका समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताएकी हुन्।
लघुवित्त र सहकारीका साथै मिटरब्याजपीडितको समस्या समाधान गर्न सरकार गम्भीर : मन्त्री शर्मा

काठमाडाैं, फागुन १० : सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले लघुवित्त र सहकारीका साथै मिटरब्याजपीडितको समस्या समाधान गर्न गम्भीर रहेको बताएकी छन्।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले सरकारले लघुवित्त र सहकारीका साथै मिटरव्याजपीडितका समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताएकी हुन्। उनले यसअघि पनि आयोग बनाएर नै मिटरव्याजपीडितको समाधानको प्रयास भइरहेको भन्दै बाँकी पीडितहरुको समस्या पनि समाधान हुने प्रतिबद्धता जनाए।

Hardik ivf

व्यवहारिक रुपमा परेका समस्याहरुको एकीन गरेर समाधान गर्नैपर्ने उनको भनाइ छ। कानूनअनुसार प्रशासन कार्यालयमा कर्मचारी व्यवस्थापन गरेर आएका समस्या समाधान गर्नका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

आफुहरुको समस्या समाधान भएको भन्दै लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालको अगुवाईमा देशभरका मिटरब्याज र लघुवित्त पीडितहरु काठमाडौं आएका छन्। उनीहरुले लघुवित्त र वित्तिय संस्था खारेजीका साथै सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने लगाएतका माग अघि सारेका छन्। 

प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्