Kathmandu Press

सुस्मिताको उपचारका लागि आर्थिक सहयोग उपलब्ध

पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण-३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको हो।
सुस्मिताको उपचारका लागि आर्थिक सहयोग उपलब्ध

पोर्चुगल, फागुन १० : उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ।

पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण-३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको हो।

Hardik ivf

गैरआवासीय नेपाली सङ्घ स्वीट्जरल्याण्डकी सचिव सुनिता तामाङ ब्लोनको पहल तथा सक्रियतामा दुई हजार दुई सय ४६ युरो आर्थिक सङ्कलन गरी पीडित मोक्तानलाई सहयोग प्रदान गरिएको हो। स्वीट्जरल्याण्डका नेपाली समुदायसँग सङ्कलन गरिएको उक्त सहयोग रकम मोक्तानको बैंक खातामा पठाइएको तामाङले जानकारी दिए।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी पीडित मोक्तान गत जनवरी १० तारिखका दिन सडक दुर्घटनामा परेकी थिइन्। सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात भाँचिएको छ भने ‘हिप फ्याक्चर’ भई देब्रे खुट्टा नचल्ने भएको छ।

यसअघि उपचार अभावमा मोक्तान बिचल्लीमा परेको समाचार राष्ट्रिय समाचार समितिमार्फत सम्प्रेषण भएको थियो। पीडित मोक्तानको औषधोपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।

प्रकाशित मिति: १५:३८ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्