Kathmandu Press

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गरिँदै

ग्रुपका अध्यक्ष आरसी कोइरालाले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुख्य पर्यटकीयस्थलमा महोत्सव गर्न लागेको जानकारी दिए।
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गरिँदै

काठमाडौँ, फागुन १० : एभरेष्ट नेपाल कल्चरल ग्रुपले यही फागुन १८  देखि २७ गतेसम्म १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष आरसी कोइरालाले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुख्य पर्यटकीयस्थलमा महोत्सव गर्न लागेको जानकारी दिए। उनले उक्त महोत्सवले मुलुकमा पर्यटन र संस्कृतिको प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

Hardik ivf

मेलामा भारत, इण्डोनेसिया, मलेसिया, पोल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनीलगायत मुलुकबाट तीन सय ५० कलाकार सहभागी हुने आयोजकले जनाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा १९ गते उद्घाटन हुने महोत्सव विश्व सम्पदासूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र पाटन दरबार क्षेत्रका साथै दाङ, कास्कीमा समेत विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ।

स्थानीय लोककला, सांस्कृतिक झाँकीका साथै अन्तर्राष्ट्रिय कलाकारका प्रस्तुतिसमेत महोत्सवमा गरिने जनाइएको छ।

प्रकाशित मिति: १५:०० बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्